विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमण भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ जनामा संक्रमण पुष्टि भएको छ भने १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर परीक्षणका आधारमा झापामा १०१, मोरङमा ९९, सुनसरीमा ७३, इलाममा ८, धनकुटा र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको हो ।
झापाको दमकमा २७, कनकाईमा १९, विर्तामोडमा १७, मेचीनगरमा १०, अर्जुनधारामा ८, शिवसताक्षीमा ६, भद्रपुर, बुद्धशान्ति र झापा गाउँपालिकामा ३–३, गौरादह र कमल गाउँपालिकामा २–२, बाहृदशीमा १ जनामा संक्रमण पुष्टि भएको छ भने मोरङको विराटनगरमा ७१, केराबारीमा ८, पथरीशनिश्चरेमा ६, सुन्दरहरैचामा ४, उर्लाबारीमा ३, बेलबारी, बुढीगंगा र लेटाङमा २–२, रतुवामाईमा १ जनामा संक्रमण देखिएको छ ।
सुनसरीको इटहरीमा ६५, बराहक्षेत्रमा ४, रामधुनीमा २, गढी र स्थानीय तह नखुलेका १–१, इलामको रोङमा ६, देउमाई र सुर्योदयमा १–१, धनकुटाको चौवीसेमा २, महालक्ष्मीमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा २४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ११२ महिला र १३५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।