धरान: संखुवासभाको मादीमा परिवारकै ६ जनाको हत्याकाण्ड एक जनाले आवेगमा आएर गरेको नभै योजनावद्धरुपमा भएको खुलेको छ । 

संखुवासभा प्रहरीले मुख्य योजनाकारसहित थप ४ जना पक्राउ गरेपछि उक्त घटना ५ जनाले योजनावद्धरुपमा गराएको खुलेको हो । अनुसन्धानको क्रममा प्रहरीले पक्राउ गरेका थप ४ जनालाई आज सोमबार सार्वजनिक गरेको छ । प्रहरीका अनुसार उक्त हत्याकाण्डको मुख्य योजनाकार ४७ बर्षीय खड्गबहादुर कार्की हुन् भने उनका छोरा २८ बर्षीय हस्तबहादुर कार्की, ४९ बर्षीय रणबहादुर कार्की र रणबहादुरका छोरा १७ बर्षीय नरेश कार्की पनि पक्राउ परेका छन् । यसअघि प्रहरीले घटनामा संलग्न भएका लोकबहादुर कार्कीलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ । 

madi

संखुवासभा प्रहरीका अनुसार घटना योजनावद्धरुपमा ५ जनाले घटाएको हो । लोकबहादुरको घरमा अघिल्लो राती ८ बजे मुख्य योजनाकार खड्गबहादुरसहित बसेर योजना बनाएका थिए । उनीहरुले भदौ २१ गते बिहान तेजबहादुर खेताला बोलाउन आएको बेला उनकी श्रीमति कमलासमेतलाई हत्या गर्ने र अरुले थाह पाएमा उनीहरुको पनि हत्या गर्ने योजना बनाएका थिए । अनुकुल भएमा तेजबहादुरको घरमा भएको धनमालसमेत लैजाने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सोही अनुसार २ बालबालिकासहित ६ जनालाई भदौ २१ गते बिहान ५ जना मिलेर हत्या गरेको प्रहरीले जनाएको छ । 

000100020003