धरानः धरान १६, स्टेडियम लाइनमा रहेको जेनिथ् सेकेण्डरी बोर्डिङ्ग स्कुलका दुई विद्यार्थी दोश्रो अन्तर्राष्ट्रिय भच्र्युल युथ समिटको लागि छनौट भएका छन् । 

उक्त स्कुलका छात्रा प्रकृति डागी र छात्र स्वभिमान जवेगु समिटको लागि छनौट भएका हुन् । उनीहरु आउदो सेप्टेम्बर २१ मा आयोजना हुने समिटको लागि छनौट भएका हुन् । विश्व शान्तिको लागि आफनो भुमिका सम्बन्धि सोधिएको विविध प्रश्नको उत्तर दिएको आधारमा उनीहरु छनौट भएका हुन् । सेप्टेम्बर २१ गतेका दिन अन्तराष्ट्रिय  शान्ति दिवशको रुपमा विश्वभर शान्तिको कामना सहित विविध कार्यक्रमहरु गर्ने प्रचलन रहिआएको छ । 

विद्यालयस्तरमा, समुदायस्तरमा, राष्ट्रिय स्तर र विश्वस्तरमा विश्व शान्तिको लागि विभिन्न कार्यक्रमहरु गरि प्रतिबद्धता जाहेर गर्ने गरिन्छ । उक्त समिटमा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय विद्यार्थी दुुतको रुपमा सो दिन न्युयोर्क राज्यको स्थानीय समय अनुसार बिहान ९ बजेदेखि ११ः ३० बजेसम्म सहभागिता जनाउने अमेरिका स्थित बन्सटिङ्गल लिडरसिप डेप्लोमेन्ट वर्डवाईडका अन्तर्राष्ट्रिय युथ् लिड्रसिप विज्ञ प्रोफेसर जोन जे बन्सटिङ्गलले  जानकारी दिएको विद्यालयकी भाइस प्रिन्सिपल पुजा ताम्राकार जवेगूले बताइन् । 

उक्त समिटमा विश्वभरबाट कक्षा ७ देखि १२ सम्मका १२ देखि १८ बर्ष उमेर समुहका नेपाल, भारत, चाइना, हङ्गकङ्ग, क्यानडा, टयुनिसिया, जर्जिजिया, सयुतm अरब इमिरेटस्, थाईलेण्ड र अमेरिका लगायतका २०  जना विद्यार्थीहरु छानिएर सहभागिता जनाउने अमेरिकास्थित आयोजक बन्सटिङ्गल लिडरसिप डेप्लोमेन्ट वर्डवाईडका जेले जानकारी दिएका छन् । सह आयोजक भने पिस एजुकेशन नेटवर्क नेपाल पनि रहेको जेनिथ्का प्रिन्सिपल सुमन जवेगुले बताए ।