धरान: संखुवासभाको मादीमा ६ जनाको सामुहिक हत्याकाण्डमा संलग्नहरुलाई पक्राउ गरि कानुनी कारबाहीको दायरामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने दुई प्रहरी भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले ईलका प्रहरी कार्यालय चैनपुरमा कार्यरत प्रहरी निरीक्षक योगराज खतिवडा र प्रदेश प्रहरी कार्यालयको आरआइटि शाखामा कार्यरत सई रुद्रबहादुर खड्कालाई भदौको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । दुवैले एकै परिवारका ६ जनाको विभत्सढंगले सामुहिक हत्यामा संलग्न अपराधीलाई अनुसन्धान तथा पक्राउ गरि कानुनी दायरामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आम नागरिकहरुमा सुरक्षाको अुनभूति हुने गरि नागरिक समक्ष प्रहरीको छवि उच्च बनाएने प्रशंसनीय कार्य गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

प्रदेश प्रहरी कार्यालयले प्रत्येक महिना प्रदेश २ भरिकै प्रहरीमध्ये कार्यसम्पादनको मुल्यांकनको आधारमा सर्वोत्कृष्ट प्रहरी घोषणा गर्दै आइरहेको छ । सर्वोत्कृष्ट प्रहरीलाई पुरस्कृत गरेर उत्कृष्ट कार्यको विवरण फ्लेक्स प्रिन्ट गरि प्रदेश प्रहरी कार्यालयमा निर्माण गरिएको स्तम्भ र १ नम्बर प्रदेशअन्तर्गत ईलाका प्रहरी कार्याल्य क स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिदै आएको छ । 

police1 1