धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमित युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका वडा नं २० का ३२ बर्षीय पुरुष रहेका छन् । उनको गए राती ११ बजेर ५० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतकलाई असोज २ गते संक्रमण पुष्टि भएको थियो भने असोज ७ गते अस्पताल भर्ना गरिएको थियो । मृतक डाउन सिन्ड्रोमको दीर्घरोगी पनि थिए । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।