धरान: धरानमा असोज ११ र १२ गते कोरोनाविरुद्धको पहिलो मात्रा चाईनिज भेरोसेल खोप लगाईने भएको छ । 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार ४५ वर्ष देखि माथिकालाई भेरो सेल खोप लगाइने भएको हो । असोज ११ गते वडा नं. १ छाता चोकस्थित धरान स्वास्थ्य चौकी, वडा नं. २ सिंहदेवी मन्दिर, वडा नं. ३ भानु स्मृति मावि, वडा नं. ४ मा पुरानो ४ नम्बर वडा कार्यालय, वडा नं. ५ पाँचकन्या स्वास्थ्य चौकीमा खोप लगाइने महाशाखाले जनाएको छ । यस्तै, वडा नं. ६ रेडक्रस भवन पानवारी, वडा नं. ७ सिद्धि नेवाः परिषद भवन, वडा नं. ८ वडा कार्यालय, वडा नं. ९ समिट स्कुल, वडा नं. १० किरात राई यायोख्खा भवनमा भेरोसेल खोप लगाईने महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

असोज १२ गते वडा नं. ११ आधारभुत स्वास्थ्य सेवा केन्द्र, वडा नं. १२ धरान स्वास्थ्य चौकी छाताचौक, वडा नं. १३ आधारभुत स्वास्थ्य सेवा केन्द्र, वडा नं. १४ दन्तकाली मावि विजयपुर, वडा नं. १५ पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, वडा नं. १६ शारदा बालिका मावि, वडा नं. १७ पञ्चकन्या मावि रेल्वे, वडा नं. १८ वडा कार्यालय, वडा नं. १९ वडा कार्यालय, वडा नं. २० विष्णुपादुका स्वास्थ्य चौकीमा खोप लगाईने मेहताले बताए । खोप लगाउन आउँदा आफ्नो परिचय खुल्ने परिचयपत्र लिएर आउन पनि धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले आग्रह गरेको छ ।दुई दिनमा १० हजार ६ सय जनालाई पुग्ने गरि धरानमा खोप आएको पनि मेहताले बताए । 

khop-notice 1khop-notice1khop-notice2