धरान: दशै तिहारलगायत नेपालीहरुको ठुलो चाडपर्व नजिकिदै गर्दा सुनसरी प्रहरीले अवैधरुपमा भित्रिएको चिनी वरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिशेष सुचनाको आधारमा कोशी गाउँपालिका १ लौकही बजारको भित्रि सडक खण्डबाट आज अवैध चिनी वरामद भएको हो । को १ ख ५२१५ नम्वरको मिनि ट्रकमा भारतबाट भन्सार छलेर ल्याएको चिनी लोड गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरीका अनुसार उक्त ट्रकमा १६० बोरा चिनी लोड गरिएको थियो । नियन्त्रणमा लिइएको मिनि ट्रक र चालक सिन्धुलीको कमलामाई नगरपालिका ४८ बर्षीय विरोध लामिछानेलाई भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेज पठाइएको सुनसरी प्रहरीले जनाएको छ ।