धरान: नेपाली कांग्रेस धरान उपमहानर समितिको कोषाध्यक्षमा महिला नेतृ पञ्चकला राई मनोनित भएकी छिन् ।

कांग्रेस धरानको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण समारोहमा बुधबार सभापति श्याम पोख्रेलले राईलाई कोषाध्यक्षमा मनोनित गर्ने पदाधिकारीहरुबीच सल्लाह भएको भन्दै घोषणा गरेका थिए । उनले भने,‘हामी पदाधिकारीहरुले सल्लाह गर्यौं, र कोषाध्यक्षकोरुपमा निवर्तमान सहसचिव पञ्चकला राईलाई मनोनित गरेको घोषणा गर्न चाहन्छौ ।’

असोज ९ गते भएको निर्वाचनमा सभापतिमा पोख्रेल र उनको प्यानल विजयी भएको थियो । कुल ४९६ जना क्षेत्रीय प्रतिनिधिहरुले नगर सभापतिसहित ७ जना पदाधिकारीहरु चुनेका थिए भने कोषाध्यक्ष कार्यसमिति पदाधिकारीले मनोनित गरेको हो । सभापति पोख्रेलले प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै अब तिहार लगत्तै नेपाली कांग्रेसले धरानमा संगठन विस्तार अभियानलाई तीब्रता दिने घोषणा पनि गरे । यसको लागि तयारी अवस्थामा रहन उनले वडा सभापतिहरुलाई निर्देशनात्मक आग्रहसमेत गरे ।

congress3 2

‘नेपाली कांग्रेस नगर समिति अब पार्टी अफिसमा मात्र बस्दैन, अब २० वटै वडामा छरिएर जान्छ । टोल टोलमा जान्छ, र टोल टोलमा समिति गठन गछौं,’पोख्रेलले भने,‘अब आउने चुनावमा एउटा टोलमा ५ जनाकै समिति किन नहोस्, धरारनको २० वटै वडामा टोल समिति गठन गर्दा करिब हजार, प्रन्धसय कार्यकर्ता नेता, उत्पादन गर्न सक्छौं भन्ने आँट, दृढता लिएका छौं । सबै वडा सभापतिहरुलाई तिहार लगत्तै सबै वडामा संगठन विस्तारमा कांग्रेस नगर समिति आइपुग्छ, तपाईहरुसँगसँगै नगर समिति हिड्नेछ, तपाईहरु तयार गर्न आग्रह गर्दछुँ ।’

पोख्रेलले नेताहरुको सल्लाहविना कुनै पनि काम नगर्ने प्रतिवद्धता जनाउदै कांग्रेस धरानको नेतृत्व युवाहरुको काँधमा हस्तान्तरण गर्न एक कार्यकाल मात्र नेतृत्व लिने घोषणा पुनः दोहोर्याए । उनले आफ्नो ५ बर्षे कार्यकालभरि अन्य कुनै लाभको पदमा वा जनप्रतिनिधिलगायत पदमा नलोभिने पनि प्रतिवद्धता जाहेर गरे । उनले यो बीचमा विभिन्न तहमा हुने चुनावमा कांग्रेसका उम्मेदवारलाई जिताउने लक्ष्यको साथ सक्रियतापुर्वक लाग्ने पनि बताए । ‘यो ५ बर्षभरि तपाईहरु कहाँ कहाँ चुनाव लड्नुहुन्छ । कुन कुन ठाउँमा चुनावको टिकट लिएर आउनु हुन्छ, त्यसको लागि म र मेरो कार्यसमितिको सबै साथीहरुले तपाईहरुको पक्षमा हामी घनीभुतरुपले नेपाली कांगेसले २० वटै वडामा घन्काउने अभियानको साथ अघि बढ्नेछौं,’उनले भने । 

congress4 1

सभापतिमा पराजित भएका प्रत्यासी किसोर राईले नेतृत्वले ५ बर्षको उत्कृष्ट, समय सापेक्ष नीति तथा कार्यक्रम बनाएर धरानमा कांग्रेसलाई १ नम्बर पाटीकोरुपमा र कार्यकर्ता माझमा लोकप्रिय बनाउन आग्रह गरे । उनले सम्पुर्ण कांग्रेस कार्यकर्ताहरुले आफु नेपाली कांग्रेसको सदस्य हुँ भन्दा गर्व महशुस गराउने गरि नीति, कार्यक्रम र योजना बनाएर नेतृत्व बढ्न पनि सुझाव दिए । ‘यो अधिवोशन हाम्रो आन्तरिक प्रतिस्पर्धा हो । भोलीको दिनमा गैरकांग्रेससँग लड्न, भिड्न र राजनीतिक शक्ति प्रर्दशन गर्नसक्ने कांग्रेसको परिकाल्पना अबको नेतृत्वले गर्नुपर्छ,’उनको सुझाव थियो । 

congress5 1

congress7 1

congress6 1

congress13 1

congress9 1

congress11 1

congress8 1

congress10 1

congress12 1