सुनसरी: इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गरेको छ । 

आज बिहान इटहरी बजारका ९ वटा खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरिएको हो  । उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, उपभोक्ताअधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहितको टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा पाँच वटा पसलमा लेवलिङ्ग नगरी समान विक्री गरेको पाइएको छ भने तीन वटा पसलको नविकरण नभएको पाइएको छ । 

bajar-itro

अनुगमनका क्रममा पसल नविकरण गर्न र लेवल गरेर मात्र सामान वेच्न निर्देशन दिइएको उपमहानगरले जनाएको छ । इटहरीमा अव नियमित रुपमा बजार अनुगमन गरिने उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भटटराईले जानकारी दिए । इटहरीमा समय समयमा भएका बजार अनुगमन भइरहेको छ । यसको प्रभावले म्याद गुज्रिएका सामानहरु थन्क्याउने छुटटै ठाँउको ब्यवस्था गर्न थालिएको, लेवल लगाएर मात्र समान वेच्न थालिएको, म्याद भएको मात्र समान वेच्ने क्रममा उल्लेख्य सुधार आएको शाखा प्रमुख भटटराईको भनाई छ ।