धरान: चीनीया कम्पनी दाहुवाले उत्पादन गरेको विभिन्न सामग्रीहरुको प्रर्वद्धनात्मक कार्यक्रम शुक्रबार धरानमा सम्पन्न भएको छ । 

हाई टेक कम्प्युटर्स एण्ड इलेक्ट्रोनिक्स र जिग्बी टेक सोलुसन्स प्रालिको संयुक्त आयोजनामा धरान ८ स्थित बराह कम्प्लेक्समा कार्यक्रम भएको हो । टेक वल्र्ड डिष्ट्रिबुसन प्रालिसँगको सहकार्यमा आयोजित कार्यक्रममा हाई टेकका संस्थापक मिलन खड्काले कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पारेका थिए भने टेक वल्र्डका मेनेजर राजकुमार घलेले दाहुवा सक्युरिटीको बारेमा जानकारी गराएका थिए । 

खड्काले दाहुवा अन्र्तराष्ट्रिय ब्राण्ड भएको जानकारी दिदै नेपालको सबै जिल्लामा दाहुवाको सेवा सुविधा विस्तार भइसकेको बताए । उनले सुरक्षा जस्तो संवेदनशील क्षेत्र भएको कारण जिम्मेवार भएर आफुहरु पनि लागिपरेको बताए । दाहुवा एसियाको टप र विश्व बजारमा दोस्रो नम्बरमा रहेको पनि बताए । ग्राहकहरुलाई सुलभ मुल्यमा दाहुवाको गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराइरहेको पनि उनको दाबी थियो । ग्राहकहरुबाट आउने गुनासोलाई सम्बोधन गर्न प्राविधिक टिम पनि राखेको उनले जानकारी दिए ।

dahuwa2

यस्तै, कार्यक्रममा टेक वल्र्डकी सेल्स एण्ड मार्केटिङ हेड अर्विना सुवेदीले दाहुवाको उत्पादन र प्रभावकारीताबारेमा भिडियोमार्फत प्रस्तुती दिएकी थिइन् । उनका अनुसार दाहुवा ब्राण्डको उत्पादनहरु सुलभ मुल्यमा गुणस्तरीय रहेकोछ । दाहुवाको उत्पादन प्रयोग गर्ने ग्राहकहरुबाट सकरात्मक प्रतिक्रियाहरु पाइरहेको उनले बताइन् ।

दाहुवाको उत्पादनहरुबारे जानकारी दिदै उनले सिसिटिभीमा विभिन्न भेराइटीका डोम र बुलेट क्यामेरा रहेको पनि बताइन् । यस्तै, एनभिआर र एक्सभिआर, एक्सेस कन्ट्रोल, एटेन्डेन्स मेसिन, हार्ड ड्राइभ, एसएसडि, मनिटर, केवल, भिडियो इन्टरकम, मेटल डिटेक्टरलगायतको जानकारी दिदै काम र प्रभावकारीताबारे पनि सुवेदीले प्रष्ट्याएकी थिइन् । यस्तै, दाहुवाको सिस्टर ब्राण्डकोरुपमा रहेको उत्पादन वायरलेस क्यामेरा आइएमओयुबारे पनि जानकारी दिएकी थिइन् । 

dahuwa1

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले प्रविधिको कारणले वर्तमान समाज रुपान्तरण भइरहेको बताए । साथै उनले प्रविधिलाई आत्मसात नगरे अहिलेको समाज यथास्थितिमा रहने अवस्था भएको पनि बताए । उनले घर परिवार र संघसंस्थालाई सुरक्षित बनाउन दाहुवाको उत्पादन सबै ठाउँमा पुग्न सकोस् भन्ने शुभकामना पनि दिएका थिए । यस्तै, बराह ग्रुपका जनसम्पर्क प्रमुख सुरेन्द्र विश्वकर्माले सुरक्षा सामग्रीहरु घर र अफिसको लागि उपयोगी हुने धारणा व्यक्त गरेका थिए । जिग्बी टेकका संस्थापक मुकेश साहको अध्यक्षतामा आयोजित कार्यक्रममा टेक वल्र्डका संस्थापक एवं सिइओ भिशु तुलाधरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।