धरानः धरान ८ स्थित देव मोटर्स होण्डा शोरुमले असोज १५ गतेदेखि २१ गते सम्म एक्सचेन्ज महोत्सब आयोजना गरेको छ ।

बडा दशैँको अवसरमा घटस्थापनाको दिनसम्म एक्सचेन्ज गरिने मोटर्सका संचालक देवेन्द्र कुंवरले जानकारी दिए । एक्सचेन्ज महोत्सवमा नै ग्राहकहरुले बम्परमा लक्की ड्र मार्फत १५ लाख पनि जित्न सकिने उनको भनाई छ । यस एक्सचेन्ज महोत्सवमा अन्य कम्पनीको मोटरसाइकल तथा स्कुटर साट्दा ७० हजारसम्म थप मुल्यांकन पाउने तथा होण्डाकै मोटरसाइकल वा स्कुटर भएमा त्यो भन्दा बढी थप भ्यालु पाउने उनले बताए।

कुँवरका अनुसार एक्सचेञ्ज गर्ने ग्राहकहरुले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेञ्ज गर्दा प्रचलित बजार मुल्यांकनभन्दा ७ हजारदेखि ७० हजारसम्म बोनसवापत थप मुल्यांकन पाउनेछन् । यो मुल्यांकन अहिलेसम्मकै २ पांग्रे सवारीसाधनमा उच्च भएको पनि उनको भनाई छ । एक्सचेञ्जको लागि ल्याउने मोटरसाइकल वा स्कुटरको नियम अनुसार करचुक्ता भएको र चालु अवस्थाको हुनुपर्ने सर्त रहेको पनि उनले खुलाए ।

“एक्सचेन्ज गर्ने ग्राहकहरुले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा प्रचलित बजार मुल्यांकन भन्दा ७ हजार देखि ७० हजार सम्म बोनस बापत थप मुल्यांकन पाउनेछ” कुंवरले बताए, “थप मुल्यांकन अहिलेसम्मको नेपालको दुई पाँङ्ग्रे सवारीसाधनको एक्सचेन्ज कार्यक्रमहरुको इतिहास मध्येमा सबैभन्दा उच्च हो ।”