धरान: नेपालमा सर्वाधिक बिक्री हुने भनिएको बजाज ब्राण्डको मोटरसाइकलको एक्सचेञ्ज एण्ड अपग्रेड महामेला हुने भएको छ । 

बजाजको धरानको लागि आधिकारिक बिक्रेता अर्विन एण्ड ब्रर्दश अटोले असोज १७ गतेदेखि २३ गतेसम्म महामेला गर्न लागेको हो । शनिबार पत्रकार सम्मेलन गर्दै सञ्चालक एवं प्रबन्ध निर्देशक अर्विन तामाङले दशैं तिहार र छठ पर्वको अवसर पारेर धरान ८ भोटेपुलस्थित आफ्नै शो रुममा महामेला आयोजना हुने जानकारी दिएका हुन् ।

bajaj1

उनका अनुसार महामेलामा पुरानो मोटरसाइकलको अधिक मुल्यांकन तथा बजार मुल्यभन्दा १० जार थप मल्यांकन गरिनेछ भने शुन्य प्रतिशत ब्याजदरमा सरल फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ । तामाङका अनुसार नगद तथा एक्सचेञ्जबाट खरिद गर्ने ग्राहकहरुले १० हजारदेखि १० लाखसम्म नगद पनि जित्नसक्नेछन् । प्रत्येक महिना देशभरबाट बम्परमार्फत खरिद तथ एक्सचेञ्ज गर्ने ग्राहकहरुमध्ये एक जनाले यो उपहार पाउनेछन् । मेला अवधिभर प्रत्येक खरिदकर्ताले हेल्मेट र लेगगार्ड पनि निःशुल्क प्राप्त गर्ने प्रबन्ध निर्देशक तामाङले जानकारी दिए ।