विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार ३८७ जनाको पीसीआर परीक्षण गर्दा ९२ जनामा संक्रमण पुष्टि भएको हो भने ४२१ जनाको एन्टिजेन परीक्षण गर्दा ७६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ५६, सुनसरीमा २४, झापामा ९, धनकुटा, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको छ ।
मोरङको विराटनगरमा ३९, पथरीशनिश्चरेमा ५, बुढीगंगा र कटहरीमा ३–३, बेलबारीमा २, सुन्दरहरैचा, केराबारी, रतुवामाई र जहदामा १–१ जनामा संक्रमण देखिएको छ । यता, सुनसरीको इटहरीमा १८, धरानमा ४, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जना छन् भने झापाका दमकमा ६, शिवसताक्षीमा ३, धनकुटाको पाख्रिबास, इलामको चुलाचुली र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यसैगरि, प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा २८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १४३ महिला र १३९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।