धरानः युएन,नवोदय कलेज धरान–१६ ले बिएचएममा प्रदेश १ को ‘सेकेण्ड टपर’ र ‘धरान टपर’ बनेका आफ्ना विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । 

कलेजले शनिबार एक कार्यक्रम आयोजना गरि अभिभावकहरुको उपस्थितिमा विद्यार्थीहरुलाई सम्मान गरेको हो । त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको फस्ट सेमेष्टर र तेस्रो सेमेष्टरको नतिजामा युएन, नवोदयका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका थिए । कलेजका अनुसार तेस्रो सेमेष्टरको फाइनलको नतिजामा तेस्रो सेमेष्टरकी प्रिजा डाँगीले धरान प्रथम तथा प्रदेश सेकेण्ड टप गर्न सफल भएकी थिइन् । प्रिजाले ३.८४ जिपिए प्राप्त गरेकी थिइन् । उनलाई नगद १५ हजार रुपैयाँसहित कलेजले सम्मान गरेको छ । 

यस्तै, प्रथम सेमेष्टरकी जानुका राईले धरान प्रथम तथा प्रदेशमा तेस्रो नतिजा ल्याएकी थिइन् । जानुकाले ३.७३ जिपिए प्राप्त गरेकी थिइन् । उनलाई नगद १० हजारसहित कलेजले सम्मान गरेको छ । कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, शिक्षकहरु अनिमेष बाँस्तोला र स्तुति श्रेष्ठले नगद, सम्म्मान–पत्र, अबिर, खदा लगाएर विद्यार्थीहरुलाई सम्मान गरेका थिए । त्यस्तै, प्रथम सेमेस्टरमा दोस्रो हुने एन्जेला राई र अनिष लिम्बू, प्रथम सेमेस्टरमा तेश्रो हुने स्मारिका दाहाल, तेश्रो सेमेस्टरमा दोश्रो हुने स्टेला लिम्बू र तेश्रो सेमेस्टरमा तेश्रो हुने रीतु राईलाई पनि नगदसहित, अबिर र खदा लगाएर सम्मान गरिएको थियो ।

bhm

त्रिभुवन विश्वविद्यालयले बिएचएमका लागि ३३ कोटा निर्धारण गरेको हुन्छ । कलेजामा अध्ययनरत ३३ जना विद्यार्थीले नै उत्कृष्ट नतिजा ल्याएको कलेजका अध्यक्ष झाले जानकारी दिए । विद्यार्थीहरुलाई गुणस्तरीय, सीपमूलक र व्यवहारिक शिक्षा दिन युएन, नवोदय कलेज सक्षम रहेको कलेजका अध्यक्ष झाले बताए । क्याम्पस प्रमुख तुम्बापोले बिएचएमको स्थापनाकालदेखि नै विद्यार्थीहरुले प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेको भन्दै आगामी दिनमा देशमै उत्कृष्ट नतिजा ल्याउने पनि बताए । प्लस टु होटल म्यानेजमेण्ट र बिएचएममा आफूहरु नै ‘लिडिङ’ मा रहेको पनि उनको दाबी थियो । 

कार्यक्रममा बिएचएम तेश्रो सेमेस्टरका विद्यार्थीहरुले प्रथम सेमेस्टरका विद्यार्थीहरुको स्वागतमा विभिन्न आकर्षक गीत र नृत्य प्रस्तुत गरे । युएन कलेजले बिएचएम नेपाल टपलाई नगद ५० हजार पुरस्कार र सम्मानपत्र, प्रदेश टपरलाई नगद २५ हजार र सम्मानपत्र, प्रदेश १ सेकेण्ड टपरलाई नगद १५ हजार र सम्मानपत्र, थर्ड टपरलाई नगद १० हजार र सम्मान पत्रले सम्मान गर्दै आइरुहेको छ ।

bhm3

अघिल्लो वर्ष प्रदेश १ मा प्रथम र तृतीय हुने तीनजनालाई छात्रालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा बिएचएम प्रथम सेमेष्टरकी छात्रा रितु राई, दोस्रो सेमेष्टरकी छात्रा स्टेला मेन्याङ्बो र दोस्रो सेमेष्टरकी छात्रा दिला नेम्वाङ रहेका थिए । कलेजमा यस वर्षदेखि विज्ञान सङ्कायलाई पनि ‘ब्राण्ड’ बनाउने ध्येयले आफूहरु लागिपरेको र अधिकांश स्कुलका स्कुल टपरहरु यो सङ्कायका लागि भर्ना भएको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए ।