विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ जनामा संक्रमण पुष्टि भएको हो भने २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ६६, मोरङमा ४४, सुनसरीमा २४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, र धनकुटामा १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा १५, कनकाईमा १३, दमक र भद्रपुरमा ८–८, मेचीनगरमा ७, अर्जुनधारामा ४, बुद्धशान्तिमा ३, बाहृदशी, शिवसताक्षी र झापा गाउँपालिकामा २–२, हल्दिबारी र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, मोरङको विराटनगरमा २८, बेलबारीमा ४, उर्लाबारी र बुढीगंगामा ३–३, सुन्दरहरैचामा २, सुनबर्षी, पथरीशनिश्चरे, जहदा र कटहरीमा १–१ जना संक्रमित छन् । 

यता, सुनसरीको धरानमा ११, इटहरीमा १०, रामधुनी, दुहवी र इनरुवामा १–१, उदयपुरको बेलका र कटारीमा १–१, पाँचथरको हिलिहाङ, ताप्लेजुङ, र धनकुटाको धनकुटा नगरपालिकामा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८७ महिला र १५७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।