विराटनगर ः प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार ७०७ जनाको पीसीआर परीक्षण गर्दा १३२ जनामा संक्रमण पुष्टि भएका हो भने ३१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३, सुनसरीमा १७, इलाम, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
झापाको कनकाईमा १३, विर्तामोडमा ११, दमकमा १०, भद्रपुरमा ९, मेचीनगर र अर्जुनधारामा ५–५, बुद्धशान्तिमा २, शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको छ । यस्तै, मोरङको विराटनगरमा ४१, पथरीशनिश्चरेमा ३, उर्लाबारी, बुढीगंगा र स्थानीय तह नखुलेका २–२, रतुवामाई, सुन्दरहरैचा र केराबारीमा १–१ जना छन् ।
यता, सुनसरीको इटहरी र धरानमा ६–६, दुहवीमा २, रामधुनी, इनरुवा र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ भने इलामको चुलाचुली, धनकुटाको पाख्रिबार र उदयपुरको कटारीमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यसैगरि, प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा१८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १०३ महिला र ७९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।