विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार ८११ जनाको पीसीआर परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको छ भने २२० जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण देखिएको छ । पीसीआर परीक्षणका आधारमा मोरङमा ५०, झापामा ४५, सुनसरीमा ४३, धनकुटामा ३, पाँचथरमा २, इलाम र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ३३, सुन्दरहरैचामा ८, बुढीगंगा र रतुवामाईमा २–२, पथरीशनिश्चरेमा १, कानेपोखरी, कटहरी, केराबारी र लेटाङमा १–१ जनामा संक्रमण देखिएको हो । झापाको भद्रपुरमा ११, कनकाई र विर्तामोडमा ७–७, दमक, मेचीनगर र अर्जुनधारामा ४–४, कमल गाउँपालिकामा ३, शिवसताक्षीमा २, गौरादह, हल्दिबारी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।
यसैगरि, सुनसरीको इटहरीमा २६, धरानमा ९, इनरुवामा ४, रामधुनीमा २, दुहवी र हरिनगरमा १–१ जना संक्रमित थपिएको छ भने धनकुटाको धनकुटामा २ र पाख्रिबासमा १, पाँचथरको हिलिहाङमा २, इलामको इलाम नगरपालिका र उदयपुरको बेलकामा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा १५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७६ महिला र ७७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।