धरान: नेपाल डेन्टल एसोसियसन सुनसरी शाखामा नयाँ कार्यसमिति गठन भएको छ । 

डा. मन्नु बिक्रमको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन भएको हो । कार्यसमितिको कार्यकाल २ बर्षको हुनेछ । एशोसिएशनको उपाध्यक्षमा डा. इन्द्रनारायण यादव, महासचिवमा डा.सुजन गौतम, सहसचिवमा डा.पदम नेपाली र कोषाध्यक्षमा डा.सुवास चन्द्र सर्वसम्मत चयन भएका छन् । यस्तै, सदस्यहरुमा डा.अशोक ऐर, डा.जितेन्द्र मण्डल, डा.पुजन आचार्य र डा. लक्ष्मण खनाल चयन भएका छन् ।

नवनिवार्चित अध्यक्ष डा.बिक्रमले केन्द्रसँग जिल्ला शाखालाई जोड्ने, दन्त चिकित्सकहरुको व्यवसायिक हकहितको लागि आवाज उठाउने र पैरवी गर्ने बताए । साथै, दन्त चिकित्सकको ज्ञान वृद्धि, दक्षता विकासको लागि तालिम तथा सेमिनार गर्ने, जनस्तरमा दन्तरोगहरुको बारेमा चेतनामुलक अभियान सञ्चालन गर्ने पनि उनले बताए । 'विकट तथा पहुच कम भएका जनतालाई समय समयमा निःशुल्क दन्त शिविर पनि गछौ, समग्रमा डेन्टल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनु नै एसोसियसनको मुख्य भूमिका रहनेछ,'अध्यक्ष डा.बिक्रमले भने ।