विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ५१९ जनाको पीसीआर परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो भने २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ४०, मोरङमा २६, सुनसरीमा १३, धनकुटामा ५, इलाममा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा १४, दमकमा ६, कनकाईमा ५, अर्जुनधारामा ४, मेचीनगर र शिवसताक्षीमा ३–३, भद्रपुर र कमल गाउँपालिकामा २–२  र झापा गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ भने मोरङको विराटनगरमा १८, उर्लाबारीमा ४, कानेपोखरी, सुन्दरहरैचा, कटहरी र सुनबर्षीमा १–१ जनामा संक्रमण देखिएको छ । 

यता, सुनसरीको धरानमा ५, इनरुवामा ४, इटहरीमा ३, गढीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मीमा २, इलामको चुलाचुली र मांसेबुङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा २६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १४४ महिला र १२४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा  कोरोना संक्रमणबाट एक महिला र एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।