धरानः धरान ८, स्थित देव मोटर्स होण्डा शोरुममा स्कुटर एक्सचेन्ज गर्दा आज एक ग्राहकले ५० हजार नगद पाएकी छिन् ।

होण्डा शोरुममा जारी एक्सचेन्ज महोत्सवको सातौं दिन आज धरान १७ की उर्मिला राईले स्क्रयाच कुपनमार्फत नगद ५० हजार पाएकी हुन् । देव मोटर्सका सञ्चालक देवेन्द्र कुंवरका अनुसार ग्राहक राईले डियो स्कुटर खरिद गर्दा स्क्र्याच कुपनबाट पुरस्कार पाएकी हुन् ।  ‘उहाँले डियो स्कुटर खरिद गर्दा ५० हजार पाउनु भएको हो,’ कुँवरले भने, ‘२ लाख १९ हजार ९ सय पर्ने डियो स्कुटर पुरस्कारको रकम घटाएर मात्र १ लाख ६९ हजार ९ सय मात्र उहाँले तिर्नु पर्यो । ’ 

बडा दशैँको अवसर पारेर असोज १५ गते देखि संचालित महोत्सव ग्राहकहरूको अत्यधिक मागको कारण २ दिन थप गरिएको र असोज २३ गते शनिबारसम्म सञ्चालन हुने पनि कुंवरले बताए । महोत्वसमा भर्खरै बजारमा भित्रिएको होण्डा कम्पनिको १२५ सिसि ग्राजिया स्कुटर सबै भन्दा धेरै बिक्री भएको पनि उनले जानकारी दिए ।

honda2

होण्डा कम्पनीमा पहिले स्पोर्टस लुक भएको ११० सिसिको डियो स्कुटर मात्र भएकोमा अहिले ग्राजिया समेत रहेको उनले बताए । ग्राजियामा फ्युल इन्जेक्सन प्रविधी रहेको जसको कारण तेलको बचत हुने कुंवरले जनाए । यस्तै, ग्राजियाको अन्य विशेषतामा किल स्विच, आवाज रहित सेल्फ स्टार्ट, स्ट्यान्ड सेन्सर र डिकी भन्दा बाहिर फ्युल ट्याङ्क रहेको उनले जानकारी दिए ।

महोत्वको सातौ दिन सम्ममा ५० वटा भन्दा बढी सवारी बिक्री गरिसकेको जसमा एउटा ३५० सिसिको हाइनेस मोटरसाइकल समेत बिक्री भएको कुंवरले जानकारी गराए । एक्सचेन्ज महोत्सवमा सहभागी ग्राहकहरु मध्ये नेपाल अधिराज्यभरबाट बम्परमा लक्की ड्र मार्फत १ जना भाग्यशालि ग्राहलकले १५ लाख जित्न सकिने र ७ प्रदेशमा १–१ जना ग्राहलकले जनही १–१ लाख नगद पाउने समेत उनले जनाए ।