विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ८२७ जनाको पीसीआर परीक्षण गर्दा १४७ जनामा संक्रमण पुष्टि भएको हो भने १७६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ४९, झापामा २७, इलाममा २ र उदयपुरमा १ जनामा संक्रमण देखिएको छ । 

मोरङको विराटनगरमा ३६, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ७, बुढीगंगामा ६, बेलबारीमा ४, लेटाङ, कानेपोखरी, कटहरी, उर्लाबारी र केराबारीमा १ जनामा संक्रमण पुष्टि भएको छ भने सुनसरीको इटहरीमा ३१, धरानमा ५, इनरुवामा ४, दुहवीमा ३, बराहक्षेत्र र रामधुनीमा २–२, गढी र देवानगञ्जमा १–१ जनामा संक्रमण देखिएको छ ।

यस्तै, झापाको विर्तामोडमा ७, दमकमा ५,मेचीनगरमा ४, शिवसताक्षी, कनकाई र अर्जुनधारामा ३–३, हल्दिबारी र गौरादहमा १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१ र उदयपुरको त्रियुगामा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा १७० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८३ महिला र ८७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ३ पुरुषको रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।/