धरान: धरानका सामाजिक अभियन्ता निश्चल पलिखे र श्रीमति पुजा ताम्राकारले सुजुकी ब्राण्डको स्कुटर खरिद गर्दा मोटरसाइकल उपहार पाएका छन् ।

श्रीमति ताम्राकारले धरान ८ ट्राफिक कार्यालयसँगै रहेको नवदुर्गा अटो प्यालेसबाट यही असोज ११ गते सुजुकीको एक्सेस स्कुटर खरिद गरेकी थिइन् । सोही खरिद गरेवापत दशैं आयो, उमंग छायो अफर अन्तर्गत लक्की ड्र कुपनमार्फत उनले मोटरसाइकल उपहार पाएका हुन् । नवदुर्गा प्यालेसका सञ्चालक दुर्गा भुजेलका अनुसार नेपाल अधिराज्यभरिबाट सुजुकीको स्कुटर र मोटरसइकल खरिद गरेका ग्राहकहरुमध्ये लक्की ड्र कुपनमार्फत हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले सुजुकी इन्टुडर मोटरसाइकल उपहार पाउने गर्छन् । त्यसैअन्तर्गत शुक्रबार गरिएको लक्की ड्रमा नवदुर्गाबाट स्कुटर खरिद गरेकी ताम्राकारले मोटरसाइकल उपहार पाएकी हुन् । 

suzuki2

लक्की ड्रमार्फत उपहार पाएको मोटरसाइकल शनिबार नवदुर्गा अटो प्यालेसले पलिखे दम्पत्तीलाई प्रदान गरेको छ । अटोप्यालेसमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष केशव घिमिरे, नवदुर्गाका प्रोपाइटर दुर्गा भुजेललगायतले पलिखे दम्पत्तीलाई चाबी हस्तान्तरण गरेका थिए । स्कुटर खरिद गर्दा मोटरसाइकल उपहार पाउने अपेक्षा पनि नगरेको प्रतिक्रिया दिदै पलिखे दम्पत्तीले एकदमै खुशी लागेको बताए । पलिखेले भने,‘एक्सचेञ्ज अफरमा आएर सुजुकीको स्कुटर खरिद गरेका थियौ, मोटरसाइकल नै उपहार पायौ, ज्यादै खुशी छौं ।’

नवदुर्गाका प्रोपाइटर भुजेलका अनुसार २ लाख ६३ हजार ९ सयको स्कुटर खरिद गर्दा पलिखे दम्पत्तिले ३ लाख २९ हजार ९ सयको इन्टुडर मोटरसाइकल उपहार पाएका छन् । यो मोटरसाइकल १५० सिसिको भएको र सुजुकीको उत्कृष्ट उत्पादनमा पर्ने पनि उनले बताए । 

suzuki4

suzuki6

suzuki5