विराटनगर: प्रदेश १ मा कोरोना संक्रमण दर घट्दै गएको छ । 

पछिल्लो २४ घण्टामा ९३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या भने २७९ जना छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ३५० जनाको पीसीआर परीक्षण गर्दा ७९ जनामा संक्रमण पुष्टि भएको छ भने २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । पीसीआर परीक्षणका आधारमा मोरङमा २८, सुनसरीमा २७, झापामा २२, धनकुटा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा २२, सुन्दरहरैचामा ३, जहदा, मिक्लाजुङ र बुढीगंगामा १–१ जना संक्रमित छन् भने सुनसरीको धरान र इटहरीमा ९–९, दुहवीमा ४, इनरुवामा ३, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जना छन् ।

यस्तै, झापाको भद्रपुरमा १२, दमकमा ४, विर्तामोड, मेचीनगर, कनकाई, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको मन्त्रालयलले जनाएको छ ।

यसैगरि, प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा २७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १४३ महिला र १३६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।