धरानः विश्व दृष्टि दिवस (अक्टोबर १४)को पुर्वसन्ध्यामा धरान ११ सगरमाथा टोलस्थित सगरमाथा युवा क्लबले निःशुल्क आँखा शिविरको आयोजना गरेको छ। 

ग्लोबल आँखा अस्पताल इटहरीको प्राबिधिक सहयोगमा धरान ११ स्थित आधारभुत बस्ती सगरमाथा टोलमा शिविर आयोजना गरिएको हो । शिविरमा १ सय २२ जनाको निःशुल्क आँखा जाच गरिएको सगरमाथा युवा क्लबका सचिव बल बहादुर राईले जानकारी दिए। 

शिविरबाट लाभान्वित भएकाहरुले खुशी व्यक्त गरेका थिए । विगत ४ महिनादेखि आँखामा समस्या भइरहेको बताउदै चन्द्रा गुरुङले आमाको पनि आँखा जाँच गराएको बताइन् । उनले भनिन्,'मेरो मात्र होइन, आमाको आँखामा समेत बिगत ६ महिनाबाट आँसु आउने, पोल्ने, बिजाउने र मधुरो देखिने समस्या आएको थियो, यो आँखा शिविरबाट मेरो र आमाको लागि साह्रै उपयोगी भयो ।'

eye1

धरान १७, फोकल्यान्ड बस्तिका चन्द्र बहादुर कुनुवालले पनि आँखा राम्रो नदेखेर समस्या भइरहेका र छिमेकीले शिविरमा ल्याएको बताए । उनको असोज २८ गते निःशुल्क अप्रेसन हुने भएकोछ । ग्लोबल आँखा अस्पतालका डाक्टर डा. बेन लिम्बुका अनुसार अक्टोबर १४ का दिन धरान ११ र १७ का १० जना मोतिबिन्दु रोगीहरुको निःशुल्क उपचार गरिने भएको छ ।

धरान ११ की ७७ बर्षीया सन्चमाया राई , ७२ बर्षीया बागेश्वरी राई, ८३ बर्षीया पन्चमाया बिक, ६२ बर्षीया तिर्था राई, ७२ बर्षीया हेम कुमारी राई, ६५ बर्षीय भैरब बहादुर राई, ८८ बर्षीया रत्न राई, ८७ बर्षीया आनन्द माया राई, ७१ बर्षीया जमुना राई र धरान १७ का ६१ बर्षीय चन्द्र बहादुर कुनुवालको मोतिबिन्दुको निःशुल्क उपचार गर्न लागेको डाक्टर लिम्बुले बताए।

eye

आँखा शिबिरमा डाक्टर लिम्बू सहित, प्राबिधिक सरला तामाङ, रिना लिम्बू लगायत रहेका थिए । शिविरलाई धरान १६ स्थित नास्ट कलेज, धरान १२ स्थित मेघा कलेज, केन्द्रिय प्रबिधी क्याम्पसका शिक्षण सहायक हेम श्रेष्ठ, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका उप(प्राध्यापक कामना बान्तावा, लेक्चरर दिपशिखा राई र डिभाइन युथ क्लबले आर्थिक सहयोग गरेका थिए।