धरान: अबिरल बर्षासँगै आएको बाढीले मोटरसाइकलसहित बगाएका एक युवाको शव इटहरीमा फेला परेको छ । 

मंगलबार इटहरी २ पानीपियाबाट मंगलबार इटहरी २ शान्तिनगरका ३१ बर्षीय योगेन्द्र तिवारीलाई मोटरसाइकलसहित बाढीले बगाएको थियो । उनको शव आज बिहान आपगाछीमा फेला परेको इटहरीका सञ्चारकर्मी पवनविवश अधिकारीले जानकारी दिए । उनले भने, मंगलबार पानीपियाबाट मोटरसाइकलसहित बाढीले बगाएको थियो । आज आपगाछीमा शव भेटियो । 

मृतक तिवारी मोटरसाइकलमा घरतर्फ गइरहेको बेला बाढीले बगाएको थियो । हिजो पनि बाढीले वेपत्ता बनाएकाहरुको खोजी गर्ने क्रममा इटहरीका करिब ६० बर्षीय वृद्धको शव भेटिएको थियो । अबिरल बर्षासँगै आएको बाढीले इटहरी क्षेत्र जलमग्न भएको थियो । साथै, बाढीले यात्राको क्रममा रहेका सर्वसाधारणहरुलाई बगाएर वेपत्ता बनाएको थियो । 

तस्बिर स्रोत: पवनविवश अधिकारी