धरान: निरन्तरको बर्षासँगै आएको बाढीले वेपत्ता बनाएका एक जनाको शव इटहरीमा फेला परेको छ । 

इटहरीस्थित आर्मी क्याम्पअघिको खोल्सामा आज दिउँसो एक जना पुरुषको शव भेटिएको हो । सञ्चारकर्मी पवनविवश अधिकारीका अनुसार माटोले पुरेको अवस्थामा शव भेटिएको छ । ‘आर्मी क्याम्प अगाडिको खोल्सामा शव भेटिएको छ, ५५-६० बर्षको उमेरजस्तो देखिन्छ,’उनले भने ।

इटहरीमा कति वेपत्ता भन्नेमा अन्योल

itahari-badi1

निरन्तरको बर्षाले हिजो मंगलबार इटहरीको अधिकांश भुभाग डुबानमा परेको थियो । पानीपिया क्षेत्रमा ठुलो बाढी आएको थियो भने सवारीमा यात्रा गरिरहेकाहरुलाई बाढीले बगाएर वेपत्ता पनि बनाएको थियो । तर, कति जना वेपत्ता भए भन्ने यकिन तथ्यांक भने छैन ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदे यादवले इटहरीमा ३ जना वेपत्ता भएको जानकारी दिए । तर, ईलाका प्रहरी कार्यालय इटहरीले भने ५ जना वेपत्ता भएको जानकारी गराएको छ । उपप्रमुख लक्ष्मी गौतम भने कति वेपत्ता भएको भन्ने यकिन हुन नसकेको बताउँछिन् । ‘इटहरीकै एक जना वेपत्ता भएको भन्ने छ, अरु यात्राको क्रममा मोटरसाइकलसहित बगेको भन्ने हो,’उनले भनिन्,‘बगेकाहरु कही कतै उद्दार भएको कि ? उहाँहरु कुन ठाउँको हो ? प्रष्ट छैन ।’

itahari-badhi2