धरान: नेकपा एमालेको १४ औं महाधिवेशन अन्तर्गत आज देशभरका वडाहरुमा अधिवशेन सम्पन्न हुने क्रममा छ ।

सोही अनुसार धरान उपमहानगर कमिटी मातहतको पनि २० वटै वडाहरुमा अधिवेशन भइरहेको छ । धरानमा कतिपय वडाहरुमा नयाँ नेतृत्व चयन गर्दे अधिवेशन सम्पन्न भइसकेको छ भने कतिपयमा चयन हुने क्रममा छ । धरानमा जेठ २ अघिको कमिटी र संस्थापन पक्षको कमिटीबीच अधिवेशन एकै ठाउँमा गर्ने कि अलग अलग गर्ने भन्ने बिषयमा विवाद थियो । उक्त विवाद समाधान गर्दै अधिकांश वडाहरुमा दुवै पक्षले मिलेर एकै ठाउँमा अधिवेशन गरेका छन् भने केही वडाहरुमा मात्र अलगै अधिवेशन भएको छ । मजदुर शाखाको अधिवेशन पनि दुवै पक्ष मिलेर गरेका छन्, र नयाँ नेतृत्वसमेत चयन भइसकेको छ । 

amale7

नेताहरुका अनुसार धरानको ४ वटा वडामा छुट्टा छुट्टै अधिवेशन भएको छ । वडा नं ५, ८, १० र ११ मा सहमति हुन नसकेपछि अलग अलग अधिवेशन भएको हो । ती वडाहरुमा दुवै पक्षले अलग अलग कमिटी घोषणा गर्ने क्रममा छन् । दुवै पक्षले एकले अर्कोलाई अवैधानिक करार गरिरहेका छन् । यद्यपी, अलग्गै अधिवेशन भएको वडाहरुमा संस्थापन पक्षको बहुमत संगठित सदस्यहरु देखिएका छन् । अन्य वडाहरुमा भने सहमतिमा नै नयाँ कमिटी घोषणा हुने क्रममा छ । 

संस्थापन पक्षका अध्यक्ष हर्कजंग एभेङले वडा नं ५, ८ र ११ को अधिवेशनमा जेठ २ को कमिटी पक्षका थोरै संगठित सदस्यहरु मात्र सहभागी नभएको र अर्को कार्यक्रम गरेपनि मान्यता नपाउने दाबी गर्छन् । यस्तै, वडा नं १० मा ४, ५ जना मात्र मिलेर कार्यक्रम गर्नेबारे सुनेको र त्यसको पनि अर्थ नहुने उनले बताए । जेठ २ अघिको कमिटीका अध्यक्ष नारायण सुवेदी भने ४ वटा वडामा वैधानिकरुपमा वडा अधिवेशन भएको दाबी गरे । उनले अन्य वडाहरुमा सहमतिमा नै अधिवेशन भएको बताए । 

amale5

amale4

amale3

amale11

amale10

amale14

amale6

amale12

amale8

amale13

amale9 1

amale15

amale16

amale17