विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ४१५ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २८, सुनसरीमा ९, इलाममा ३ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । 

झापाको दमक, विर्तामोड र कनकाईमा ६–६, शिवसताक्षी, भद्रपुर, अर्जुनधारा र मेचीनगरमा २–२, गौरादह, बुद्धशान्ति र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ भने मोरङको विराटनगरमा १७, सुन्दरहरैचामा ६, बेलबारीमा २, पथरीशनिश्चरे, लेटाङ र उर्लाबारीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुनसरीको इटहरीमा ७, रामधुनीमा २, इलामको माईमा २, इलाममा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६ महिला र १७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।