धरान:  सुनसरीको बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टी बजारमा बगैचा नेपाल एग्रीकल्चर प्रालि सञ्चालन गरेर किसान तथा व्यापारीहरुको लाखौं ठगी गरेर फरार एक व्यक्ति पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार काठमाण्डौं बुढानिलकण्ठ २ बस्ने ४३ बर्षीय दिपककुमार खड्का ठगी गरेको आरोपमा पक्राउ गरेका हुन् । उनले चक्रघट्टी क्षत्रका कृषकहरु, व्यापारीहरुलाई ठगी गरेका थिए । यस्तै, भोजपुर जिल्लाबाट दशैंका लागि बिक्री गर्न ल्याएको २८ वटा खसी बोकासमेत गरि १० लाख ९८ हजार ९ सय ९७ रुपैया बठी गरेको खुलेको प्रहरीले जनाएको छ । 

उनको ठगीबारे पीडितहरुले निवेदन दिएपछि प्रहरीले सोमबार बराहक्षेत्र एरियाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । साथै, ठगी सम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान कार्य भइरहेको पनि सुनसरी प्रहरीले जानकारी दिएको छ । 

यी हुन्, पीडितहरु :

सुनसरी बराहक्षेत्र - ६ का बिरबहादुर राईको  ८,०००।– (घरभाडा)

तुलसी काफ्लेको रु ८,०००।– (घरभाडा)

 यज्ञ श्रेष्ठको रु २०,०००।– (घरभाडा)

 संजय दहालको रु १०,०००।–(घरभाडा)

 बराह फ्रुट प्रोडक्सको रु ६३,०२५।–

 संगिता बेकरीको रु  २५०००।–

 महेश हार्डवेयरको रु ५००००।–

 ठाकुरवारी फर्निचरको रु २५००।– 

 दाहाल खाजा घरको रु १०,०००।–

 मामा होटलको रु १०,०००।–

 शुभलक्ष्मी सप्लायर्सको रु ८८,०००।–

  एच.एस.Home Decor रु ६५०००।–

 हितेश सु-सेन्टरको रु १०,०००।–

 ब्रदर्श कम्प्युटर सेन्टरको रु १५,०००।–

 फिफा पुस्तक पसलको रु ११,४७२।–

 हिरा मोटर ग्यारेजको रु ७,०००।– 

खसी वोकाको -रु ५,२९,५००।–