धरान: नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको लागि स्थानीय फूल धरान भित्रिइसकेको छ । 

स्थानीयस्तरमा उत्पादन भएको फूल भने बजारमा आइसकेको छैन । तिहारको लक्ष्मी पूजाको दिनदेखि सयपत्री फूलको किनबेच अत्यधिक हुन्छ । त्यसैले पनि स्थानीय उत्पादन भएको सयपत्री फूल अहिले बजारमा नआएको हो । तर, भारतीय सयपत्री फूलको तयारी माला भने धरानमा ३ दिन अघि नै आइसकेको छ । 

धरान १३ स्थित कृषि उपज बजारमा फूलका व्यापारीहरुले तिहार लक्षित तयारी सयपत्री फूलको माला ल्याएका हुन् । व्यपारीहरुले ती फूलको माला कलकत्ताबाट आयात गरेको र कोल्डस्टोरमा राखिएको व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । उनले भने,‘फूलको व्यापारीहरुले ल्याएर कोल्ड स्टोरमा राखेका छन् । स्थानीय उत्पादन आएको छैन । केही दिनपछि आउछ ।’

ful

ful3

ful4