धरान: विद्यालयमा पठनपाठनसँगै सामाजिक र साँस्कृतिक दायित्व पनि सिकाउने उद्देश्यले धरानस्थित प्राइम भिजनले तिहार उत्सव मनाएको छ । 

तिहारको अवसरमा कलेजका ए.डि.एच. एम्का विद्यार्थीहरुले सडकमा जीवन बिताउन बाध्य मानिसहरुसंग तिहार मनाएका हुन् । उनीहरुले कलेजमा तयार गरिएको खाना सडक आश्रितहरुलाई वितरण गरेका थिए । यस्तै, तिहारको अवसरमा देउसी भैलो प्रशिक्षण कार्यक्रम समेत आयोजना गरिएको थियो ।

देउसी भैलो खेल्ने शैलीको परम्परागत मौलिकता हराउदै गएको र मनेरञ्जनमा मात्र सिमित भएकोले विद्यार्थीहरुमा सँस्कृतिको परिचय गराउन साथै ऐतिहासिकता बुझाउन आवश्यक रहेको कार्यक्रममा प्रशिक्षक एवम नेपाली बिषय शिक्षक नवराज विष्टले बताए । विद्यार्थीहरुले हाउजी, रंगोली प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना पनि गरेका थिए ।