मोरङ: मोरङको ग्रामथान गाउँपालिका २ झङ्ग्राहीस्थित सुखानी खोलाको पुलबाट आज बिहान मोटरसाईकल खसेको छ । 

उक्त दुर्घटनामा चालक कटहरी गाउँपालिका ५ का २१ बर्षीय आशिष सरदरको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान ७ बजे पुर्वतर्फ जादै गरेको को १२ प १६७० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएर पुलबाट सुखानी खोलामा खसेको थियो ।

उक्त दुर्घटनामा सरदारको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, घटना बारेमा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ।