धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबारे छानबिन गर्न गठित समितिले प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।
आज प्रधानमन्त्री कार्यालयमा छानबिन समिति संयोजक एवं स्वास्थ्य मन्त्री विरोध खतिवडा र सदस्यद्धय स्वास्थ्य सचिव डा.रोशन पोख्रेल, धरानका मेयर तिलक राईले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिष्ठानका वहालवाला उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर प्रा.डा.गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई कारबाही गर्न प्रतिवेदनमा सिफारिश गरिएको छ ।
यस्तै, रजिष्ट्रारबाट राजिनामा दिइसके पनि प्रा.डा.मोहनचन्द्र रेग्मीलाई उनको कार्यकालमा भएका खरिदलगायत कुराको थप आवश्यक छानबिन गरि कारबाही गर्न सिफारिश गरिएको सदस्य एवं मेयर तिलक राईले बताए । उनले भने,‘विभिन्न रिपोर्टहरु हेर्दा कारबाही गर्नुपर्ने देखियो, वहालवाला ३ जनालाई कारबाही हुन्छ । राजिनामा दिए पनि मोहनचन्द्र रेग्मीको कार्यकालमा भएको आवश्यक छानबिन गरेर कारबाही गर्ने प्रतिवेदन छ ।’