धरान: सुनसरीमा एमाले विवाद अन्त्य गर्दै जिल्ला अधिवेशन आयोजक कमिटी गठन गर्न गएका बुधबार इनरुवामा आयोजित संयुक्त बैठक बहिष्कार गरेका धरानका नेताहरुले पनि १० औं महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गरेका छन् । 

संयुक्त बैठक र अधिवेशन आयोजक कमिटी गठनप्रति तीब्र असन्तुष्टी जनाएका नेता रमेश बस्नेत, पदम इस्पोलगायतले हिजो शनिबार इनरुवास्थित पार्टी कार्यालयमा पुगेर निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका हुन् । बुधबार संस्थापन पक्ष र जेठ २ अघिको कमिटीको संयुक्त बैठक हुनुअघि असन्तुष्ट पक्षका नेताहरुले धरानको होटल ड्रिमल्याण्डमा बैठक बसेर संयुक्त बैठकमा सहभागी नहुने निर्णय गरेका थिए । जेठ २ अघिको कमिटीका असन्तुष्ट जिल्ला नेताहरुले बैठक बहिष्कार गरेसँगै पार्टी छोड्ने हुन् कि भन्ने चर्चा पनि चलेको थियो ।

तर अधिवेशन आयोजक कमिटीले नै व्यवस्थापन गरेको महाधिवेशन प्रतिनिधि छनौटको प्रक्रियामा असन्तुष्ट नेताहरु सहभागी हुँदै उम्मेदवारी दिएपछि जिल्ला कमिटी एकढिक्का भएको संयोजक खेमराज पोख्रेलले बताए । उनले भने, 'रमेश जी आफैले प्रतिनिधिको लागि नोमिनेशन गर्नुभएको छ । उहाँहरुको असन्तुष्टी तत्कालीन थियो, केही कुरामा विधि र प्रक्रियामा असन्तुष्टी हो । पार्टीबाट बाहिर जाने गरि होइन । उहाँहरु र हामीसँगै छौं ।'

यता, नेता बस्नेत भने जिल्लाको संयुक्त बैठक र राष्ट्रिय महाधिवेशनको कार्यक्रम फरक फरक कार्यक्रम र प्रक्रिया भएको बताउँछन् । उनले राष्ट्रिय महाधिवेशनको कार्यक्रम बहिष्कार गर्ने भन्ने नभएको प्रष्ट पारे । उनले भने, 'अस्तिको प्रक्रियामा हाम्रो सहमति छैन । तर प्रतिनिधि छनौट राष्ट्रिय कार्यक्रम भएकोले बहिष्कार गर्ने कुरा भएन । यो प्रक्रिया र त्यो बैठकको प्रक्रिया फरक बिषय हो । महाधिवेशनको प्रतिनिधि छनौट प्रक्रिया पछि बैठक र आयोजक कमिटीबारे केही कुरा आउछ ।' नेता बस्नेतले आफुहरु पार्टी परित्याग गर्ने विकल्पमा नजाने र पार्टीभित्र अन्तर संघर्ष गर्ने पनि प्रष्ट पारे । उनले भने, 'पार्टी छोड्ने विकल्पमा छैनौं । त्यसो भए त महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा सहभागी हुने नै थिएनौ । पार्टीमा अन्तरसंघर्ष हुन्छ, गर्न सकिन्छ, गर्नुपर्छ । छोड्ने सम्मको होइन ।' 

अर्का असन्तुष्ट नेता पदम इस्पो पनि विधि र प्रक्रिया विपरीत भएको संयुक्त बैठकलाई मात्र आफुहरुले बहिष्कार गरेको बताउँछन् । उनले जिल्ला कमिटी करेक्सन गर्नुपर्ने र धरानमा भएको २ वटा कमिटीलाई मिलाउनुपर्ने बताए । करेक्सन गरेर जानुपर्छ । धरानमा अधिवेशन २ वटा भयो, सेफल्याण्ण्डिंड गर्नुपर्छ, उनले भने, 'हामीले त्यो विधि मिचेर भएको बैठकलाई विरोध गरेको हो । प्रक्रिया र पार्टी गतिविधि, महाधिवेशनको प्रक्रिया बहिष्कार गरेको होइन ।' 

क्षेत्र नं १ बाट को को छन् उम्मेदवार ?

uml4

सुनसरी क्षेत्र नं १ मा खुलातर्फ ६ जनाको कोटामा ३१ जनाको उम्मेदवारी परेको छ भने ३ जनाको महिला कोटामा ७ जनाको उम्मेदवारी परेको छ । खुलातर्फ ३१ जना मध्ये सबैभन्दा बढी संस्थापन पक्षका नेताहरुको उम्मेदवारी परेको छ । त्यसैले संस्थापन पक्षलाई मिलाउन निक्कै सकस भइरहेको छ । 

संस्थापन पक्षबाट मुरारी सुुवेदी, खम्बासिं गुरुंग, मीनकुमार सुब्बा, मोतिराज सुनुवार, विजय राई, किसोरकुमार कार्की केदार लामिछाने, हर्कजंग एभेंग, डम्बर गुरुंग, सुवास पौडेलगायत डेढ दर्जन बढी नेताहरुको उम्मेदवारी परेको छ भने असन्तुष्ट पक्षबाट रमेश बस्नेत, पदम इस्वो, जयकुमार राई, नन्दकुमार बस्नेत, सुर्य पन्धाकलगायत नेताहरुको उम्मेदवारी परेको छ । महिलातर्फ विना खनाल, शुसिल पहाडी, लहरु माया जिमी, मञ्जु भण्डारी, रुमिना गुरुंग, सावित्री जोशी र सविना राजधामीको पनि उम्मेदवारी परेको छ ।

uml-no