विराटनगर:  प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार ३९९ जनाको पीसीआर परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको हो भने १०० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा ६, पाँचथरमा २, उदयपुर र इलाममा १–१ जनामा संक्रमण देखिएको छ । 

झापाको मेचीनगरमा ७, विर्तामोडमा ४, कनकाई, भद्रपुर र कमल गाउँपालिकामा २–२, गौरीगञ्ज, दमक, बुद्धशान्ति, गौरादह, अर्जुनधारा, शिवसताक्षी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, मोरङको विराटनगरमा १०, रतुवामाई, पथरीशनिश्चरे, केराबारी, सुनबर्षी, जहदा र रंगेलीमा १–१ जना संक्रमित छन् ।

यता, सुनसरीको इटहरीमा ४, दुहवी र धरानमा १–१ जना छन् भने पाँचथरको कुम्मायक र फालेलुङमा १–१, उदयपुरमा १ र इलामको सुर्योदयमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यसैगरि, प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ११ महिला र १४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।