धरान: सुनसरीका अग्रज पत्रकार गोपाल देवान सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

कायस्थ गोपाल प्रसाद सरला प्रतिष्ठान धरानले बुधबार एक कार्यक्रमको आयोजना गरि पत्रकार देवानलाई पुरस्कार प्रदान गरेको हो । पुरस्कार राशी ४१ हजार नगद रहेको छ । उनलाई प्रतिष्ठानका संरक्षक सरला कायस्थ, प्रमुख अतिथि एवं प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी, प्रतिष्ठानका अध्यक्ष मुकुल कायस्थले दोसल्ला ओढाउनुका साथै सम्मान पत्र र नगद हस्तान्तरण गरेका थिए । 

gopal-dai8

यसैगरि, सोही कार्यक्रममा नेपालका प्रथम जगतगुरु बालसन्त मोहन शरण देवाचार्यलाई पनि सम्मान गरिएको थियो । उनलाई नगद ५१ हजारसहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो । यस्तै, कौशिकी क्याम्पस धरानमा वीएड प्रथम बर्षमा अध्ययनरत दृष्टिविहिन विद्यार्थी मिङमा भोटेलाई १५ हजार पुरस्कार राशीको छात्रवृत्ति प्रदान गरिएको थियो भने शिक्षा सदन माविमा कक्षा १० की प्रथम विद्यार्थी कविता चौलागाईलाई १० हजार नगदको छात्रवृत्ति प्रदान गरिएको थियो । यस्तै, हरेराम कृतन कुञ्जलाई नगद १० हजार प्रदान गरिएको थियो । 

धरान बजारमा बस्ती बसाउने श्रेय सुब्बा रत्नप्रसादलाई जान्छ । ब्रिटिशहरुले उत्तर भारतमा रेल वे विस्तार गर्न काठ आवश्यक हुँदा धरानको सखुवाको काठ निकासी भएको थियो । उक्त कामको लागि तत्कालिन राणाहरुले सुब्बा रत्नप्रसादलाई काठ मालको पदवी दिएर धरान खटाएको थियो । फडानीको क्रममा धरानमा बस्ती बस्न थालेर चन्द्रपुर बजार (पुरानो बजार) बसेर विस्तार भएको हो । 

भिडियो:

जानकारहरुका अनुसार विस १९५७, ०५८ सालतिर सुब्बा रत्नप्रसादले बस्ती बसाएका थिए । उनै सुब्बा रत्नप्रसादको छोरा स्वर्गीय कायस्थ गोपाल प्रसाद र बुहारी सरला कायस्थको नाममा यो प्रतिष्ठान स्थापना भएको हो । प्रतिष्ठानकी संरक्षक सरला कायस्थ धरानकी अग्रणी समाजसेवी हुन् । प्रतिष्ठानको अध्यक्ष उनका छोरा एवं समाजसेवी मुकुल कायस्थ छन् । सोही प्रतिष्ठानले २०७३ सालदेखि सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार प्रदान गर्न थालेको हो । 

प्रतिष्ठानले २०७३ सालमा वरिष्ठ पत्रकार हर्ष सुब्बालाई पुरस्कृत गरेको थियो भने २०७४ सालमा स्वर्गीय पत्रकार याम प्रधान, २०७५ मा कृष्णविनोद लम्साल र २०७६ सालमा निलिफा सुब्बालाई पुरस्कृत गरेको थियो । गत बर्ष भने कोरोना महामारीको कारण पुरस्कार विरतण कार्यक्रम हुन सकेको थिएन । 

gopal-dai5

gopal-dai6

gopal-dai7

gopal-dai11

gopal-dai10

gopal-dai11

gopal-dai3