विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६ जना कोरोना संक्रमित थपिएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार ६५७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो भने १३७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ३३, झापामा १६, सुनसरीमा ८, उदयपुरमा ३, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा २६, सुनबर्षी, बेलबारी, लेटाङ, कटहरी, सुन्दरहरैचा, बुढीगंगा र कानेपोखरीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ भने झापाको भद्रपुरमा ४, विर्तामोडमा ३, मेचीनगर र अर्जुनधारामा २–२, कनकाई, दमक, शिवसताक्षी, कमल र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ । यस्तै, सुनसरीको धरान, इनरुवा र इटहरीमा २–२, बर्जु र बराहक्षेत्रमा १–१ जना संक्रमित थपिएका छन् । यसैगरि, उदयपुरको रौतामाईमा २, उदयपुरगढीमा १, संखुवासभाको खाँदबारी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९ महिला र १९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।