धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७ जना कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार ४४१ जनाको पीसीआर परीक्षण गर्दा ४५ र ५५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा  झापामा २०, मोरङमा १५, सुनसरीमा ७, उदयपुर, तेहृथुम र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको छ । 

झापाको विर्तामोडमा ६, मेचीनगर र अर्जुनधारामा ३–३, शिवसताक्षी र भद्रपुरमा २–२, हल्दिबारी, गौरादह, दमक र कमल गाउँपालिकामा १–१ जना संक्रमण पुष्टि भएको छ । यस्तै, मोरङको विराटनगरमा ११, सुन्दरहरैचामा २, पथरीशनिश्चरे र रंगेलीमा १–१ जना छन् । यता, सुनसरीको इटहरीमा ४ र धरानमा ३, उदयपुरको त्रियुगा, तेहृथुमको म्याङलुङ र पाँचथरको हिलिहाङमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

यसैगरि, प्रदेश १ मा आज ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९ महिला र २२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।