धरान: नेपाली कांग्रेसको १४ आंै महाधिवेशन अन्तर्गत प्रदेशसभा सुनसरी १ (१) र प्रदेशसभा सुनसरी १(२) को कार्यसमितिको लागी उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । 

प्रदेशसभा १(१) को उम्मेदवारी मनोनयन दर्ता मतदान केन्द्रकोरुपमा रहेको धरान ८ थित सभागृहमा भएको हो भने प्रदेसभा १(२)को मनोनयत दर्ता धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा भएको हो । दुवै मतदान केन्द्रमा शुक्रबार बिहान ९ बजेदेखि मतदान हुने मतदान केन्द्रका अधिकृतहरुले जानकारी दिएका छन् । कांग्रेसको प्रदेशसभा १(१)मा ३७६ र प्रदेशसभा १(२)मा २५२ जना मतदाता प्रतिनिधिहरु छन् ।

प्रदेशसभ १(१)माा दुवै समुहको प्यानल उम्मेदवारी

congress2 1

 प्रदेशसभा सुनसरी १(१) मा संस्थापन इतर कांग्रेस नेता रामचन्द्र पौडेल र डा.शेखर कोइराला समुहबाट सभापतिमा अनिल श्रेष्ठको नेतृत्वमा उम्मेदवारी मनोनयन दर्ता भएको छ । उनको समुहबाट उपसभापतिमा झुमादेवी राई र प्रदिप शाक्य, सचिवमा युवराज शंकर र राजेन्द्रकुमार राई, सहसचिवमा रमिता श्रेष्ठ र हरिप्रसाद ओझाले मनोनयन दर्ता गराएका छन् ।

यसैगरि, संस्थापन पक्ष तथा पार्टी सभापति देउवा समुहले सभापतिमा मदन ढकालको नेतृत्वमा प्रदेशसभा १(१)मा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उपसभापतिमा कुमारबहादुर मोक्तान र मनोजकुमार सुब्बा, सचिवमा राजेन्द्र राई र सुनिल चन्द्र श्रेष्ठ, सहसचिवमा कमलप्रसाद भट्टराई र विष्णुमाया गुरुङले उम्मेदवारी दिएका छन् ।

२ जना प्रदेश प्रतिनिधि निर्विरोध निवार्चित

congress1 1

प्रदेश अधिवेशन प्रतिनिधितर्फ १७ जनामा दुवै प्यानलबाट गरि झण्डै दोब्बर उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । तीमध्ये २ जना निर्विरोध निवार्चित भएको मतदान अधिकृत शंकर भण्डारीले जानकारी दिए । 

अधिकृत भण्डारीका अनुसार खुला खस आर्य पुरुषतर्फको १ जनाको कोटामा रविन आचार्य निर्विरोध निवार्चित भएका छन् भने खुला मुस्लिम पुरुषतर्फको १ जनाको कोटामा नौसाद मिया पनि निर्विरोध निवार्चित भएका छन् । दुवै अनिल श्रेष्ठ नेतृत्वको प्यानलका उम्मेदवार हुन् । 

प्रदेशसभा १ (२) मा पनि प्यानलै मनोनयन दर्ता

प्रदेशसभा सुनसरी १(२)को कार्यसमितिको लागी पनि कांग्रेसको दुवै समुहले प्यानल उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । संस्थापन (देउवा) समुहबाट सभापतिमा अजयकुमार राई, उपसभापतिमा सन्देश श्रेष्ठ र अमृतबहादुर खड्का, सचिवमा सुरजप्रसाद अधिकारी र संगीता राई, सहसचिवमा सर्वन धामी र बिक्रम राईको उम्मेदवारी मनोनयन दर्ता भएको छ । 

यस्तै, संस्थापन इतर पौडेल र कोइराला समुहबाट सभापतिमा मुरारी भट्टराईको उम्मेदवारी छ भने उपसभापतिमा चन्द्रबहादुर मगर(अनिल) र डिल्लीसेर राई, सचिवमा राजेन्द्र खड्का र विजय घिमिरे, सहसचिवमा रोहित काफ्ले र मञ्जु राईको उम्मेदवारी मनोनयन दर्ता भएको छ । 

प्रदेश प्रतिनिधिमा एक जना निर्विरोध

प्रदेशसभा सुनसरी १(२)बाट १६ जना प्रदेश प्रतिनिधिको लागी दोब्बर उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । ती मध्ये थारु कोटामा उम्मेदवारी दर्ता गराएकी जानकी चौधरी निर्विरोध विजयी भइसकेको मतदान अधिकृत गंगाप्रसाद यादवले जानकारी दिए । उनी संस्थापन इतर सभापतिका उम्मेदवार मुरारी भट्टराई प्यानलकी हुन् । 

congress3 1

congress4

congress5

congress6

congress7