धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुन लागेको सुनसरी क्षेत्र नं १ को सभापतिमा उम्मेदवारी दिन लागेका नेता सुजेन्द्र तामाङ समुहले प्यानलै उम्मेदवारी घोषणा गरेको छ। 

यो समुहले आज (बिहिबार ) बिहान धरान १५ स्थित होटल धरान किचनमा पत्रकार सम्मेलन गर्दै क्षेत्र नं १ सुनसरी, प्रदेशसभा क्षेत्र नं १(१) र प्रदेशसभा क्षेत्र नं १(२)को सभापतिसहित प्यानलको उम्मेदावर घोषणा गरेको हो । कार्यक्रममा कांग्रेस धरानका सभापति श्याम पोख्रेलले उम्मेदवारहरुको नामावली घोषणा गरेका थिए भने प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ(डिआइजी)ले फुलमाला लगाएर बधाई तथा शुभकामना दिएका थिए ।

congress-sujendra7

यो समुह कांग्रेस नेता रामचन्द्र पौडेल र डा.शेखर कोइराला निकट हो । क्षेत्र नं १ को सभापतिमा सुजेन्द्र तामाङले उम्मेद्वारी घोषणा गरेका छन् भने सचिवमा महेन्द्र प्रधान र केशव पुरीको उम्मेद्वार घोषणा गरिएको छ । यसैगरि, सहसचिवमा भोजकुमार न्यौपाने र सुमित राईको उम्मेदवारी घोषणा गरिएको छ भने कार्यसमिति सदस्यमा विजयी भएपछि सुमना श्रेष्ठलाई कोषाध्यक्षमा मनोनित गर्ने घोषणा गरिएको छ। कांग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको निर्वाचन मंसिर ७ गते हुदैछ । 

यस्तै, प्रदेशसभा सुनसरी १(१)तर्फ सभापतिमा अनिल श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको छ भने उपसभापतिमा प्रदिप शाक्य र झुमा राई उठेका छन् । सचिवमा युवराज शंकर र राजेन्द्र राईले उम्मेदवारी घोषणा गरेका छन् भने सहसचिवमा हरिप्रसाद ओझा र रमिता श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरिएको छ ।

congress-sujendra4

यसैगरि प्रदेशसभा, सुनसरी १ (२) को सभापतिमा मुरारी भट्टराईको उम्मेदवारी घोषणा गरिएको छ । उपसभापतिमा चन्द्रबहादुर मगर (अनिल) र डिल्लीसेर राई उम्मेदवार रहेका छन् भने सचिवमा विजय घिमिरे र राजेन्द्र खड्का उम्मेदवार रहेका छन् । यस्तै, सहसचिवमा रोहित काफ्ले र मञ्जु राई उम्मेदवार बनेका छन् । 

यसैगरि, सोही कार्यक्रममा माधव घिसिङलाई नेपाली कांग्रेस जिल्ला सचिवको रुपमा पनि उम्मेदवार घोषणा गरिएको थियो । घिसिङ आसन्न निर्वाचनमा कांग्रेस सुनसरीको सभापति उम्मेदवार केदार भण्डारी समुहबाट सचिवका उम्मेदवार रहने पनि घोषणा गरिएको थियो ।

भिडियो:

 

congress-sujendra5

congress-sujendra2