धरान: नेपाली कांग्रेसको प्रदेशसभा सुनसरी १ (१) र १ (२) को निर्वाचन मतपरिणामले संस्थापन देउवा पक्षमा हलचल ल्याएको छ । 

 सुनसरी क्षेत्र नं १ मा आज उम्मेद्वारी मनोनयनको बिहान संस्थापन देउवा पक्षका उम्मेदवार तिलक राई ब्याक भएका छन् । प्रदेशससभा निर्वाचनको मतपरिणाम पछि हार हुने आँकलन गर्दै राई ब्याक भएपछि देउवा समुहले युवा नेतृ लक्ष्मी खतिवडालाई सभापतिमा उम्मेद्वार बनाउने घोषणा गरेको छ । धरान १२ स्थित होटल स्टार पुर्वीमा पत्रकार सम्मेलन गर्दै देउवा समुहले सभापतिमा खतिवडालाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा पुर्वप्रदेश प्रमुख गोविन्द सुब्बाले हिजो साँझ सभापतिका उम्मेदवार राईले नउठ्ने भनेर पन्छिएको बताए । उनले तत्कालिन क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ र उम्मेदवार राईले भेटेर यो समुहमा नबस्ने भनेको जानकारी दिए । क्षेत्रीय निर्वाचनको लागी आज मनोनयन दर्ता हुदैछ भने भोली मतदान हुनेछ ।