विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमित थपिएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार ३८६ जनाको पीसीआर परीक्षण गर्दा ४० र ५० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा झापामा १६, मोरङमा १३, सुनसरीमा ४, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।
झापाको भद्रपुरमा ४, दमक र विर्तामोडमा ३–३, बुद्धशान्ति र शिवसताक्षीमा २–२, कनकाई र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ भने मोरङको विराटनगरमा ७, सुनबर्षी र सुन्दरहरैचामा २–२, रतुवामाई र उर्लाबारीमा १–१ जनामा संक्रमण देखिएको छ । यता, सुनसरीको इटहरी र धरानमा २–२, इलामको सन्दकपुरमा ३, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यसैग्रि, प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र १० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।