विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमित थपिएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार ३५६ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा २३, सुनसरीमा १३, मोरङमा ६, धनकुटामा २, उदयपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमित थपिएको छ।
झापाको बुद्धशान्ति र कनकाईमा ६–६, मेचीनगरमा ३, दमक र झापा गाउँपालिकामा २–२, गौरादह, भद्रपुर, हल्दिबारी र शिवसताक्षीमा १–१ जना संक्रमित थपिएका छन् भने सुनसरीको धरानमा ८ र इटहरीमा ५ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा ४, उर्लाबारी र रंगेलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको कटारी, पाँचथरको फिदिम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यसैगरि, प्रदेश १ मा पछिल्लो ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३ महिला र २० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।