धरान: परीक्षामा सहभागी हुने क्रममा कोभिड विरुद्धको खोपको पहिला मात्रा लगाएका कक्षा १२ र कलेजका विद्यार्थीहरुलाई धरानमा २ दिन दोस्रो मात्रा लगाइने भएको छ । 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार मंसिर ११ र १२ गते दुई दिन एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइने भएको हो । महाशाखा प्रमुख उमेश मेहताका अनुसार पहिलो दिन कार्तिक ११ गते विभिन्न ९ वटा सरकारी तथा निजी विद्यालयहरुमा खोप केन्द्र तोकिएको छ भने दोस्रो दिन कार्तिक १२ गते विभिन्न १० वटा निजी तथा सरकारी विद्यालयहरुमा खोप केन्द्र तोकिएको छ । 

पहिलो दिन विभिन्न स्कुल तथा कलेजका २९२९ जना विद्यार्थीहरुलाई दोस्रो मात्रा खोप लगाउने लक्ष्य छ भने दोस्रो दिन ४०४२ जना विद्यार्थीहरुलाई खोपको दोस्रो मात्रा लगाउने लक्ष्य राखिएको छ । 

khop 1

khop1