झापा: आज बिहानै जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु भएको छ । 

झापाको भद्रपुर नगरपालिका ९ का ६० बर्षीय राम बहादुर बुर्जा मगरको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको हो । बिहान साढे ६ बजे मेचिनगर १४ शनिबारे स्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।

उनको घटनास्थमानै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट प्रहरी टोली खटिएको थियो । प्रहरीले घटनाको बारेमा कानुनी प्रकृया तथा थप अनुसन्धान भईरहेको जनाएको छ ।