धरान: नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमितिको नेतृत्व चयन गर्न इनरुवामा भएको निर्वाचनमा मतदान सकिएको छ ।

आज (आइतबार) साँझ साढे ६ बजे मतदान सकिएको हो । मतदानमा कुल २७७४ मत खसेको मुख्य निर्वाचत अधिकृत उत्तम पौडेलले जानकारी दिए । उनका अनुसार कुल मतदाता प्रतिनिधिहरु २९३८ जना छन् । ‘मतदान सकियो, २७७४ मत खसेको छ,’पौडेलले भने,‘राती १० बजेदेखि मतगणना शुरु गछौं ।’

जिल्ला सभापतिमा रामचन्द्र पौडेल शेखर कोइराला समुहबाट सभापतिमा केदार भण्डारी र संस्थापन देउवा समुहबाट सञ्जयप्रसाद श्रेष्ठबीच प्रतिस्पर्धा छ । दुवैले जिल्ला नेतृत्वको लागि प्यानल उम्मेदवारी दिएका छन् । भण्डारीको प्यानलबाट उपसभापतिमा नगेशचन्द्र राई र पंकजकुमार महतोले मनोनयन दर्ता गरेका छन् भने सचिवमा पर्वतकुमार पोख्रेल र माधवबहादुर घिसिङले उम्मेदवारी दिएका छन् । यो प्यानलबाट सहसचिवमा गिरधारीप्रसाद साह र सुनिल कुमार साहले मनोनयन दर्ता गरेका छन् । 

congress1 5

श्रेष्ठको प्यानलबाट उपसभापति गफार अन्सारी मियाँ र महेश दत्तको मनोनयन परेको छ भने सचिवमा रञ्जेश भट्टराई र विरेन्द्रकुमार साहको मनोनयन दर्ता भएको छ । यो प्यानलबाट सहसचिवमा गणेश सुब्बा र मनिषकुमार रायको मनोनयन दर्ता भएको छ । दुईको प्यानलबाहेक पनि सचिवमा रमेश पालले पनि मनोनयन दर्ता गराएका छन् भने सहसचिवमा कालुराम चौधरी र रमेश कटवालले पनि मनोयन दर्ता गराएका छन् । 

congress2 5

congress3 5