विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमित थपिएका छन् । 

सामाजिक विकास मन्त्रालयका अनुसार ३७७ जनाको पीसीआर परीक्षण गर्दा ३१ र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ६, सुनसरीमा ५, धनकुटा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ९, जहदामा ३, पथरीशनिश्चरे, रंगेली, लेटाङ र ग्रामथानमा १–१ जना छन् भने झापाको विर्तामोडमा ३, बाहृदशी, शिवसताक्षी र झापा गाउँपालिकामा १–१ जना छन् । सुनसरीको धरानमा ३, इटहरी र इनरुवामा १–१ जना छन् भने धनकुटाको धनकुटा नगरपालिका र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसैगरि, प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२ महिला र १४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।