विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना संक्रमण भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ४३० जनाको पीसीआर परीक्षण गर्दा ३६ र २०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १२, झापामा ११, सुनसरीमा ७, उदयपुर, पाँचथर र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको हो । 

मोरङको विराटनगरमा ८, सुन्दरहरैचामा २, लेटाङ र मिक्लाजुङमा १–१ जनामा संक्रमण देखिएको छ भने झापाको दमक र मेचीनगरमा ३–३, विर्तामोडमा २, हल्दिबारी, गौरादह र गौरीगञ्जमा १–१ जना थपिएका छन् । 

यस्तै, सुनसरीको इटहरीमा ४, दुहवी, इनरुवा, र हरिनगरमा १–१, उदयपुरको चौदण्डीगढीमा २, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसैगरि, पछिल्लो चौबिस घण्टामा प्रदेश १ मा ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६ महिला र १९ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।