धरान: नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पार्टी सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले पार्टीको अधिवेशनमा प्रधानमन्त्री र गृहमन्त्रीले सत्ताको दुरुपयोग गरिरहेको बताएका छन् । 

मंगलबार धरानमा आयोजित सुनसरी क्षेत्र नं १ को प्रतिनिधिसभा, प्रदेशसभा अधिवेशनबाट निवार्चित कार्यसमितिलाई बधाई तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो अभिव्यक्ति दिएक हुन् । कांग्रेस केन्द्रीय सदस्य रहेका डा.कोरालाले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा वडादेखि जिल्ला अधिवेशनसम्म विभिन्न हत्कण्डा र हुलदंगहरु भइरहेको पनि बताए । 

scongress

कांग्रेसको जारी १४ औं महधिवेशन अन्तर्गत क्षेत्रीय र जिल्ला अधिवेशनहरुमा संस्थापन पक्षविरुद्ध रामचन्द्र पौडेलसँग सहकार्य गरिरहेका नेता डा.कोइरालाले आफुहरुको समुहले निर्वाचन मतपरिणाम जे आए पनि स्वीकार गरिरहेको बताए । तर, अर्को समुहले भने मतपरिणाम स्वीकार नगरिरहेको उनले बताए । ‘त्यो समुह, जमातले मतपरिणाम स्वीकार गर्दैन, उनीहरुलाई मतलव पनि छैन, किनभने उनीहरु देशको बागडोर चलाइरहेका छन् । प्रधानमन्त्रीको निर्देशनमा, गृहमन्त्रीको निर्देशनमा यो सब भइरहेको छ,’कोइरालाले भने । 

shekhar-koirala

नेता कोइरालाले प्रधानमन्त्री देउवाको जिल्ला डडेलधुरामा प्रहरी, प्रशासन लगाएर जिल्ला अधिवशेन गरेको, प्युठानमा पनि ५३० मत ल्याएर विजयी हुने अवस्थामा ५२९ मत ल्याइसक्दा हुलदंगा गरेको र सर्लाहीको वडा अधिवेशनमा गोली चलेको घटना उल्लेख गर्दै कांग्रेस नेतृत्वसँग राजनैतिक सँस्कार र नैतिकता दुवै नभएको आरोप लगाए । उनले देश कम्युनिष्टमय भइरहेको भन्दै नेपाली कांग्रेसको प्रमुख चुनौती कम्युनष्टिसँग कसरी भिडेर जाने भएको बताए । कम्युनिष्टसँग वैचारिकरुपमा लडेर जानुपर्ने भएपनि अहिलेको नेतृत्व भने मिलिरहेको भन्दै उनले आलोचना पनि गरे । उनले वर्तमान नेतृत्वप्रतिको असन्तुष्टी र उकुसमुकुसलाई आगामी महाधिवशेनमा ब्यालेटमार्फत नयाँ नेतृत्व चयनमा प्रकट गर्न पनि नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।