विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार ५०८ जनाको पीसीआर परीक्षण गर्दा ४१ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १५, झापामा १४, सुनसरीमा ६, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा १०, सुनबर्षी र बुढीगंगामा २–२, रतुवामाईमा १ जनामा संक्रमण भएको छ भने झापाको भद्रपुरमा ४, मेचीनगर, अर्जुनधारा, विर्तामोड र कमल गाउँपालिकामा २–२, दमक र हल्दिबारीमा १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा ५ र धरानमा १ जनालाई संक्रमण देखिएको छ भने धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५ महिला र १२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।